प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

20
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्दै युवाहरूको आन्दोलनले सुशासनको नयाँ युग सुरु भएको बताइन्।
  • उनले भ्रष्टाचार शक्तिशाली व्यक्तिद्वारा गरिने जटिल अपराध भए पनि कानुन कार्यान्वयन, अख्तियारको क्षमता वृद्धि र सहकार्यमा सरकार नहट्ने घोषणा गरिन्।
  • नेपालले संयुक्त राष्ट्रसंघीय महासन्धिअनुसार कानुनी संरचना सुदृढ बनाउँदै ‘दोस्रो राष्ट्रिय रणनीति–२०८२’ अघि बढाइरहेको र भ्रष्टाचार रोक्न कार्यालय प्रमुखदेखि सबै तहको सहकार्य आवश्यक रहेको उनले जोड दिइन्।
समाचार सारांशGenerated using AI.


भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यस वर्ष ‘भोलिको निष्ठावान् दिनलाई आकार दिन भ्रष्टाचारविरुद्ध युवाबीच एकता कायम गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा प्रधानमन्त्रीले युवाहरूको जागरण र दबाबकै कारण सुशासनको नयाँ युग प्रारम्भ भइरहेको बताइन् ।

प्रधानमन्त्रीले भदौ २३ र २४ गते सडकमा उठेको युवाहरूको आन्दोलनले देशको शासन संचालनमा ऐतिहासिक मोड उत्पन्न गरेको बताउँदै सुशासनका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

उनले भनिन्,‘भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मका कठोर कदम चाल्न पनि सरकार पछि हट्दैन । राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन् ।’ उनका अनुसार भ्रष्टाचार शक्तिशाली र प्रभावशाली व्यक्तिहरूद्वारा गरिने अपराध भएकाले अनुसन्धान जटिल हुन्छ, प्रविधिको विकाससँगै भ्रष्टाचारको प्रवृत्ति बद्लिँदै गएको छ । तर सरकार कानुन कार्यान्वयन, अख्तियारको संस्थागत क्षमता अभिवृद्धि तथा निकायहरूबीच सहकार्यमा कुनै कसर बाँकी नरहने दाबी गर्दछ ।

महासन्धिको कार्यान्वयनमा नेपाल सक्रिय

सन् २०११ मा भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेपछि नेपालले विभिन्न कानुनी व्यवस्था गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना–२०८२ सार्वजनिक गरिँदै गरेको बताइन् । नेपालमा भ्रष्टाचारजन्य सम्पत्ति फिर्ता गर्न, पारस्परिक कानुनी सहयोग, अन्तरदेशीय अपराध नियन्त्रणजस्ता विषयमा स्पष्ट कानुनी संरचना रहेको पनि उनले उल्लेख गरिन् ।

प्रधानमन्त्रीले सार्वजनिक पद र जिम्मेवारीमा बसेका व्यक्तिहरूलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै भनिन्,‘अफिसमा हुने भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी त्यहीँका प्रमुखकै हो । एकले अर्कालाई दोष दिएर उम्कने समय गएको छ ।’

उनले सेवाग्राहीमाथि अनावश्यक ढिलासुस्ती, गैरजिम्मेवारीपन, अनुचित लाभको खोजी, राज्यलाई नोक्सानी पु¥याउने कार्य कुनै हालतमा सह्य नभएको स्पष्ट पारिन् ।

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध नागरिक तहमा अभूतपूर्व जनजागरण आएको बताउँदै तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, संचार माध्यम तथा आम नागरिकबीच सहकार्य अनिवार्य रहेको उल्लेख गरिन् । भ्रष्टाचार नियन्त्रणका क्रममा कुनै पक्षबाट धम्की आएपनि आफु डराएर पछि नहट्ने उनको प्रतिबद्धता छ ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...