‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

13
Share
Featured
  • प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा आगलागीबाट सात नेपालीको मृत्यु भएकामा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाए।
  • उनले सरकारले मृतकहरूको शव व्यवस्थापन र राहतका लागि तत्काल कुटनीतिक पहल गर्न आग्रह गरे।
  • सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणमार्फत सहायतामा जुट्न निर्देशन पनि दिए।
समाचार सारांशGenerated using AI.


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने समेत बताएका हुन् ।

उनले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै संयोजक प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि समन्वय र सहजीकरणका लागि निर्देशन दिएका छन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ उनले लेखेका छन् ।

यो समाचारमा

पुष्पकमल दाहालफेसबुकनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भारत
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...