जापानी विमानमा चीनको ‘रेडार लक’ पछि दुई देशबीच तनाव चुलियो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

22
Share
Featured
  • चीनका J-15 लडाकु विमानले ओकिनावा नजिक जापानी विमानमा दुई पटक ‘रेडार लक’ गरेपछि जापानले कडा आपत्ति जनाएको छ।
  • जापानले आफ्ना विमानले कुनै उक्साहट नगरेको दाबी गर्दै चीनसँग पुनरावृत्ति रोक्न माग गरेको छ, भने चीनले आरोप अस्वीकार गर्दै जापानलाई "बदनाम गरेको" आरोप लगायो।
  • ताइवानबारे जापानी प्रधानमन्त्रीको बयानपछि जापान–चीन सम्बन्ध तीव्र रूपमा बिग्रँदै आएको छ, र दुवै देशबीच हालै धेरै सैन्य तथा कूटनीतिक विवाद उत्पन्न भइरहेका छन्।
  • चीनले जापान यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएको, जापानी समुद्री खाद्यान्न प्रतिबन्धित गरेको र जापानी फिल्म प्रदर्शन रोक्दै तनाव थपिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जापानले आफ्ना विमानमाथि चिनियाँ लडाकु विमानले ‘रेडार लक’ गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ। जापानी रक्षा मन्त्रालयका अनुसार शनिबार ओकिनावा आसपासको आकाशमा चीनका J-15 लडाकु जेटले दुई पटक जापानी विमानलाई लक्षित गर्दै फायर–कन्ट्रोल रेडार अन गरेको थियो, जुन सम्भावित आक्रमणको संकेत मानिन्छ। घटना पछि जापानले आफ्ना लडाकु विमान उडाएर प्रतिक्रिया दिएको थियो।

बीजिङले भने टोकियोको दाबीलाई अस्वीकार गर्दै जापानी विमानहरूले प्रशिक्षण अभ्यासमा बाधा पुर्‍याएको आरोप लगाएको छ। चीनका अनुसार उक्त सैन्य अभ्यास पहिले नै सार्वजनिक गरिएको थियो। जापानका अधिकारीहरूले भने आफ्ना विमानले कुनै उक्साहटपूर्ण गतिविधि नगरेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री सनेई तकाइचीले घटनालाई “अत्यन्त दुःखद” भन्दै चीनसँग पुनरावृत्ति रोक्ने कदम चाल्न माग गरेकी छन्।

गत महिनादेखि जापान–चीन सम्बन्ध तीव्र रूपमा बिग्रिँदै गएको छ, विशेषगरी ताकाइचीले चीनले ताइवानमा हमला गरेमा जापानले सैन्य कारबाही गर्न सक्ने संकेत दिएको बयानपछि। दुवै देशका नेताहरूबाट आक्रामक अभिव्यक्ति आउने क्रम बढ्दै गएको छ, जसले नागरिकको दैनिक जीवनसमेत प्रभावित पारेको छ।

यसबीच, चीन र जापानका तटरक्षकबीच विवादित पूर्वी चाइनाको समुद्री क्षेत्र नजिकै झडपबारे फरक–फरक विवरण आएका थिए। चीनले आफ्ना नागरिकलाई जापान यात्रा नगर्न सुझाएको छ, जापानी समुद्री खानेकुरा आयातमा प्रतिबन्ध लगाएको छ र लोकप्रिय जापानी फिल्महरूको प्रदर्शन समेत रोकिएको छ। दुई सप्ताहअघि योनागुनी नजिक चिनियाँ ‘ड्रोन’ देखिएपछि जापानले विमान उडाएर सतर्कता अपनाएको थियो, साथै त्यहाँ क्षेप्यास्त्र तैनाथ गर्ने तयारीले बीजिङलाई आणखी आक्रोशित बनाएको छ।

यो समाचारमा

टोकियोजापानचीनकाठमाडौँ
सनेई तकाइची4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...