पौडेललाई वरिष्ठ उपाध्यक्ष बनाउन एमालेले विधान फेर्दै, पदाधिकारी १९ जना पुर्‍याइने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

24
Share
Featured
  • नेकपा (एमाले) को ११औँ महाधिवेशनमा विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने लगभग पक्का छ। अध्यक्ष ओलीले शक्ति सन्तुलनका लागि विधान संशोधन गरेर यो पद पुनः सिर्जना गर्ने तयारी गरेका छन्।
  • संशोधन प्रस्ताव अनुसार पदाधिकारी १५ → १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय, र पोलिटब्युरो १०१ सदस्यीय बनाउने सहमति जुट्दै गएको छ।
  • पौडेल हालै ओली पक्षमा खुलेपछि ओलीको पकड बलियो बनेको र पौडेललाई अध्यक्षपछि दोस्रो वरीयतामा राख्न विशेष व्यवस्थापन गरिँदै छ।
  • दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्तावमा छलफल भइरहेको छ, जसले शंकर पोखरेललाई महासचिव, र अन्य दाबेदारहरू (प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ) लाई उपाध्यक्षमा मिलाउने योजना देखिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी साता काठमाडौंमा हुने ११औँ महाधिवेशनमा नेता विष्णुप्रसाद पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने लगभग निश्चित भएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन विधान संशोधन गरेर पुनः वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने तयारी गरेसँगै पौडेलको भूमिका तय भएको हो ।

महाधिवेशनको उद्घाटनलगत्तै मंसिर २८ गते बन्दसत्रको सुरुवातमै विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ । संशोधित विधानमा पदाधिकारीको संख्या १५ बाट बढाएर १९ पुर्‍याउने, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने र पोलिटब्युरो १०१ सदस्यीय बनाउने विषयमा लगभग सहमति जुटेको छ ।

पार्टीभित्र निर्णायक मानिएका पौडेल हालै मात्र अध्यक्ष ओलीको पक्षमा खुलेपछि ओली पक्ष थप बलियो बनेको छ । पौडेललाई अध्यक्षपछिको वरीयतामा राख्न र पार्टीभित्रको व्यवस्थापन सहज बनाउन वरिष्ठ उपाध्यक्ष पद पुनः राख्न लागिएको हो । यदि यो पद नराख्ने हो भने वरिष्ठताका आधारमा रामबहादुर थापा पहिलो नम्बरको उपाध्यक्ष हुने अवस्था थियो, जुन विषयमा पार्टीभित्र धेरै नेताहरू सहज थिएनन् ।

विधान संशोधनमार्फत दुई उपाध्यक्ष र दुई सचिव थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने पहिलो विकल्पमा जोडतोडले छलफल भइरहेको छ । यो विकल्पमा जाँदा शंकर पोखरेल महासचिव बन्ने अवस्थामा महासचिवका अन्य दाबेदार र पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न सकिनेछ ।

यसले एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि शक्ति सन्तुलन मिलाउन विधानलाई मुख्य हतियार बनाउने स्पष्ट संकेत देखिएको छ ।

यो समाचारमा

पृथ्वी सुब्बा गुरुङखड्गप्रसाद शर्मा ओलीकाठमाडौँविष्णुप्रसाद पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...