धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

46
Share2
Featured
  • धुलिखेलमा मंसिर २५ (डिसेम्बर १०) ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको सहकार्यमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुँदैछ, जसमा चीनका उच्च तहका उड्डयन विशेषज्ञहरू सहभागी हुनेछन्।
  • कार्यशालामा आरसी विमान प्रदर्शन, ड्रोन उडान अभ्यास, यूएभी प्रणाली, तालिम मापदण्ड, औद्योगिक प्रयोग र भविष्यका सम्भावनाबारे प्राविधिक सत्र सञ्चालन हुनेछ।
  • मुख्य उद्देश्य नेपालमा यूएभी इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियरलाई प्रेरित गर्नु र विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण तथा विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोग प्रवद्र्धन गर्नु हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको सहकार्यमा धुलिखेलमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको छ । 

कार्यशाला मंसिर २५ गते (डिसेम्बर १०) आयोजना हुँदैछ ।

कार्यशालामा चीनका प्रतिष्ठित उड्डयन तालिम संस्थामध्येको न्ऋब्ऋ का उच्च तहका विज्ञहरूको टोली सहभागी हुनेछ । 

टोलीमा विमान मर्मत इन्जिनियरिङ स्कुलका डिन टियान जु, यूएभी स्कुलका उपडिन हे यानबिन, १४७ ट्रेनिङ स्कुलका निर्देशक बाइ जियानकुन, उपनिर्देशक यान झीयुआन, यूएभी स्कुलका प्रशिक्षक नी वेइगुओ तथा विदेशी मामिला संयोजक लिन वेइच्याङ रहेका छन् ।

 उनीहरूको सहभागिताले नेपाल–चीनबीच ड्रोन र उड्डयन प्रविधिमा बढ्दो शैक्षिक तथा प्राविधिक सहकार्यलाई झल्काएको छ ।

कार्यक्रमको सुरुआत टीएससिएमद्वारा आरसी (रिमोट कन्ट्रोल) विमान प्रदर्शनबाट हुनेछ । विद्यार्थीहरूको नवप्रवर्तन क्षमता र एयरोमोडेलिङ सीप प्रस्तुत गर्ने यस प्रदर्शनपछि उन्नत यूएभी प्रणालीसम्बन्धी प्राविधिक सत्र सुरु हुनेछ ।

न्ऋब्ऋ ले सञ्चालन गर्ने प्राविधिक कार्यक्रममा पहिलो चरणमा कलेजको परिचयात्मक भिडियो प्रस्तुत गरिनेछ । सहभागीहरूले चिनियाँ प्रशिक्षकको प्रत्यक्ष निर्देशनमा ड्रोन उडान अभ्यास गर्ने अवसर पनि पाउनेछन्। अन्त्यमा चीनको यूएभी इकोसिस्टम, तालिम मापदण्ड, नियामक अभ्यास, औद्योगिक उपयोग र भविष्यका सम्भावनाबारे विस्तृत व्याख्यान हुनेछ ।

कार्यक्रमको नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक तथा आयोजक प्रबिन भट्टराईले गरिरहेका छन् ।  प्राविधिक तथा कार्यक्रम समन्वय अफताब आलमले सम्हालिरहेका छन् भने सञ्चार तथा सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह छन् । रसिदव राजले लजिस्टिक्सको जिम्मेवारी सम्हालेका छन् ।

जीक्यासि कार्यक्रमको समग्र परियोजना नेतृत्व सुजित चौधरीले गरिरहेका छन् भने दीपिका केसी परियोजना सह–नेतृत्व तथा मिडिया लिडको भूमिकामा छिन् । इण्टर्न टोलीले दर्ता, मिडिया सामग्री र स्वयंसेवक व्यवस्थापन गर्नेछ ।

नेपाल भ्रमणकै क्रममा न्ऋब्ऋ टोलीले काठमाडौँ र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको अवलोकन भ्रमण पनि गर्नेछ । ती भ्रमणमार्फत विपद् व्यवस्थापन, उद्धार, खोज तथा अग्नि नियन्त्रणमा ड्रोनको प्रयोग सम्भावनाबारे अनुभव आदान–प्रदान गरिनेछ ।

ड्रोन हब नेपालका अनुसार कार्यशालाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदानमार्फत नेपालकै यूएभी इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियरलाई प्रेरित गर्नु तथा विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण, नक्साङ्कन र विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोग प्रवद्र्धन गर्नु हो ।

अन्तर्राष्ट्रिय विज्ञ, प्रत्यक्ष अभ्यास र विद्यार्थी–केन्द्रित नवप्रवर्तन प्रदर्शनसहित यो कार्यक्रम नेपालका लागि ड्रोन तथा उड्डयन प्रविधिको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपालकाठमाडौँधुलिखेलचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...