कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

31
Share
Featured

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको हो । 

कर्णालीका लागि इम्रान शेखले ३३, गुल्शन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए । 

जनकपुरका लागि ललित नारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए ।

यो समाचारमा

ललित नारायण राजवंशीनेपाल प्रिमियर लिगजनकपुरसोमपाल कामी
गुल्शन झा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...