सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

29
Share
Featured
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त सिंहदरबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मन्त्री जगदीश खरेलले अवलोकन गरे।
  • भण्डारीले सरकारी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटप्रति गहिरो दुःख व्यक्त गरिन्।
  • उनले पुनर्निर्माण शीघ्र गर्न र यस्तो घटना अनावश्यक रहेको बताए, जसले नेपाली जनतालाई दुख पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरवार परिसरको पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।

सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।

उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्दछु ।’

भण्डारीले जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामाथि गरिएको आक्रमण आवश्यक नभएको उल्लेख गर्दै यस्तो घटना देशको इतिहासमै अत्यन्त दुखद भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘जेनजी  आन्दोलनमा सरकारी भवनहरुमा यस्तो गर्नुपर्ने थिएन, नेपाली जनताको लागि एउटा दुःखद घटना भयो । नेपालको इतिहासमा कहिले नभएको दुःखद एउटा घटना घट्यो ।’

यो समाचारमा

सिंहदरवारजगदीश खरेलकाठमाडौँविद्या देवी भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रोजगारी सुनिश्चित नहुने तालिम बन्द गर्न श्रममन्त्रीको निर्देशन

    काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले तालिमको मुख्य उद्देश्य रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिँदै श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा कामसँग जोडिनुपर्ने बताए।देशभर विभिन्न निकायबाट वार्षिक १३ अर्ब रुपैयाँभन्दा बढी रकम

    Data is loading...

    Loading brands...

    Loading footer...