महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै होः सपना प्रधान मल्ल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

20
Share
Featured
  • वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले अन्तर्राष्ट्रिय कानुनले पहिला विभेदलाई प्राथमिकता दिए पनि हिंसालाई कारण र परिणाम दुबैको रूपमा बुझिनुपर्ने बताइन्।
  • उनले महिला हिंसाका पीडितलाई न्याय दिन वर्तमान प्रयासहरू अझै पर्याप्त नरहेको उल्लेख गरिन्।
  • पुरुषहरू पनि पीडित हुन सक्ने भएकाले सबै पुरुष दोषी हुन्छन् भन्ने पूर्वाग्रह हटाउनुपर्ने उनले आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् ।  

आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।  

‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन् ।  

न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन् । 

उनले भनिन्, ‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ । उसको शरीरनै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन । अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन् ।’

उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।

यो समाचारमा

काठमाडौँनेपाल पर्यटन बोर्डसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...