अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : सञ्चारमन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

20
Share
Featured
  • संचारमन्त्री जगदीश खरेलले पाटन दरबार क्षेत्र अवलोकन गर्दै ऐतिहासिक, सांस्कृतिक र परम्परागत सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिने बताएका छन्।
  • उनले ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सबै तहका सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
  • मन्त्रीले पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर, संग्रहालय तथा ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभल’ अवलोकन गर्दै परम्परागत कला–संस्कृति प्रदर्शनलाई सराहना गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । 

ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । 

सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ ।’

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याए ।  

ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।

मन्त्री खरेलले विश्व सम्पदाको सूचिमा सूचिकृत ललितपुरको पाटन दरबार क्षेत्र, ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालको अवलोकन गरे । 

मन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

यो समाचारमा

काठमाडौँजगदीश खरेलललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...