उत्तर–पूर्वी चीनमा सजावटी माछाको व्यापार फस्टाउँदै, दैनिक १० देखि २० हजार माछा विक्री

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

26
Share
Featured
  • चीनको लियाओयाङमा सजावटी माछाको उत्पादन र व्यापार तीव्र गतिमा बढ्दैछ, ग्रीनहाउस र हीटिङ प्रणालीले वर्षभरि स्थिर आपूर्ति सुनिश्चित गरेको छ।
  • गाउँका करिब एक–तिहाइ परिवार यस व्यवसायमा संलग्न छन् र वार्षिक ३०,०००–६०,००० अमेरिकी डलरसम्म आम्दानी कमाइरहेका छन्।
  • ७० भन्दा बढी माछाका प्रजाति उत्पादन हुने लियाओयाङ अब राष्ट्रिय स्तरमै सजावटी माछा उत्पादनको प्रमुख केन्द्र बनेको छ, वार्षिक उत्पादन मूल्य करिब ५० मिलियन अमेरिकी डलर पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनको उत्तर–पूर्वी शहर लियाओयाङमा सजावटी (अर्नामेन्टल) माछाको उत्पादन र व्यापार पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ । 

स्थानीय किसानहरूले ग्रीनहाउस र हीटिङ प्रणालीको प्रयोग गरी चिसो मौसममा पनि उत्पादनलाई स्थिर राख्न सफल भएका छन् । जसका कारण दक्षिण चीनमा उत्पादन घट्ने समयमा उनीहरूले देशभरको बजारमा आपूर्ति गर्न सकेका छन् ।

लियाओयाङका एक अनुभवी माछा उत्पादक झाङ रेनका अनुसार उनी दैनिक १०,००० देखि २०,००० वटा सजावटी माछा बेच्दछन् । चिनियाँ नयाँ वर्षजस्ता चाडपर्व वा उपभोग बढ्ने समयमा यो संख्या झन् बढेर ४०,००० देखि ५०,००० सम्म पुग्छ ।

झाङ भन्छन,‘साधारण दिनमा दैनिक १०,००० देखि २०,००० माछा बेचिन्छ । तर नयाँ वर्षजस्ता चरम समयमा बिक्री ५०,००० वटा सम्म पुग्छ ।’

स्थानीय किसानहरूले जाडो मौसममा ताल–पोखरी जम्ने समस्या समाधानका लागि अत्याधुनिक ग्रीनहाउस सुविधा र हीटिङ प्रणाली विकास गरेका छन् । यसले वर्षभरि स्थिर उत्पादन सम्भव बनाएको छ । दक्षिण चीनमा चिसोमा उत्पादन घट्दा, उत्तर–पूर्वी क्षेत्रका किसानहरू त्यसै समय ठूलो मात्रामा आपूर्ति गर्दै राम्रो नाफा कमाइरहेका छन् ।

लियाओयाङ काउन्टीको लुजिया गाउँका गाउँ निर्देशक सी चाङचुनका अनुसार गाउँको करिब एक–तिहाइ, अर्थात् २०० घरधुरी अहिले सजावटी माछा पालन व्यवसायमा संलग्न छन् ।

उनका अनुसार, ‘यो व्यवसायमा संलग्न प्रत्येक परिवारले वार्षिक ३०,००० देखि ६०,००० अमेरिकी डलरसम्म आम्दानी गर्छ ।’ यसले ग्रामीण क्षेत्रमा रोजगारको नयाँ अवसर सिर्जना गरेको छ र किसानलाई स्थिर आय सुनिश्चित गरेको छ ।

हाल लियाओयाङ शहरमा ७० भन्दा बढी किसिमका सजावटी माछा उत्पादन गरिन्छ । वार्षिक उत्पादन मूल्य करिब ५० मिलियन (५ करोड) अमेरिकी डलरसँग नजिक पुगेको छ ।

उत्पादन वृद्धि, प्रविधिमैत्री प्रणाली र देशभर बढ्दो मागका कारण उत्तर–पूर्वी चीनको यो क्षेत्र अहिले राष्ट्रिय स्तरमै सजावटी माछा उत्पादनको महत्वपूर्ण केन्द्र बनेको छ ।

यो समाचारमा

काठमाडौँचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...