आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

34
Share
Featured
  • मन्त्री महावीर पुनले आर्थिक विपन्नताले रोजगारी, सडक, अस्पताल, विद्यालय जस्ता सेवामा समस्या ल्याइ नेपालीले दुःख भोगेको बताए।
  • नेपाली समाजको अपुग सोच र कार्यशैलीले पनि दुःख बढाएको उनले उल्लेख गरे।
  • विज्ञान–प्रविधि कमजोर भएकाले अर्थतन्त्र सुस्त र प्रतिभाशाली युवाहरू विदेशिन बाध्य भएको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । 

उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् । यस्ता धेरै कुराहरु आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरुले दुःख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौ भन्ने कुरा बुझ्नको लागि इतिहास पनि हेर्नुपर्ने हुन्छ ।’

यस्तै, उनले नेपालमा केही गर्नुपर्यो भने पैसा नै छैन् भन्ने कुरा आफू शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदादेखि रहेको र यो समस्या पहिलैदेखि नै विद्यमान रहेको बताए । 

नेपालमा नेपालीहरुले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरु आफै भएको पनि उनको भनाई छ ।

उनले भने, ‘नेपालमा नेपालीहरुले धेरै दुःख पाएका छांै । कुनै कुनै नेपालीले सुख पाउनु भएको छ होला । तर अधिकांश नेपालीहरुले दुःख पाएका छन् । त्यसमा हामीले नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दुःख पाएको हो । व्यक्ति विशेष कुरा होईन्, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन् ।’

उनले देशमा खासगरि विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरुले नेपालमा अवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि बताए ।

अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाई छ । 

यो समाचारमा

काठमाडौँमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...