मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

24
Share
Featured
  • मधेस प्रदेशसभाले शुक्रबार औपचारिक सूचना जारी गर्दै उनलाई सांसद पदबाट हटाएको जनाइएको छ।
  • नेकपा एमाले नेतृत्वको सरकार गठनपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध वन तथा वातावरण मन्त्री बनेकी थिइन्।
  • राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्र पठाएर उनीलाई सदस्यता खारेज गर्न अनुरोध गरेको थियो।
  • खारेज प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ र प्रदेशसभा सचिवालयको कार्यसञ्चालन नियमावली २०७५ को नियम १९० र १९१ अनुसार सम्पन्न भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेश प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले मानिनन् ।

उनको यही अटेरीका कारण राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो । राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो ।

सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ बमोजिम जानकारी गराउँदै औपचारिक सूचना प्रकाशित गरेको छ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)मधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...