हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

16
Share
Featured

काठमाडौँ


सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बताउँछन्।

हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन। व्यवसायी र स्थानीय बासिन्दाले सहयोग गरिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु।”

अदालतको आदेशअनुसार ‘राइट अफ वे’ खाली गर्ने प्रक्रिया स्थानीयको सहकार्यमा अगाडि बढिरहेको प्रशासनको दाबी छ। भोलिदेखि विस्तार कार्य औपचारिक रूपमा अघि बढाइने तयारी सम्पूर्ण भइसकेको प्रमुख अधिकारी अधिकारीले जानकारी दिएका छन्।

उत्तेजनात्मक गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै उनले भने,‘कसैले पनि कानुन हातमा नलिनुहोस्। कुनै गैरकानुनी गतिविधि देखिएमा कानुनअनुसार कडाइका साथ कारबाही हुनेछ।’

प्रशासनको कडाइ, स्थानीयको सहकार्य र स्पष्ट सुरक्षा रणनीतिसँगै हेटौंडामा सडक विस्तारले गति लिने संकेत देखिएको छ।

यो समाचारमा

मकवानपुरहेटौंडाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...