मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

22
Share
Featured
  • मधेश प्रदेशमा सरकार गठनका लागि सात दलीय गठबन्धन आज दिउँसो २ बजे दाबी पेश गर्ने तयारीमा छ।
  • गठबन्धनमा जनमत, नेकपा एस, माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।
  • सहमतिको रूपमा लोसपाले मुख्यमन्त्री र कांग्रेसले सभामुख पाउने सम्भावना रहेको स्रोतको भनाइ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । 

मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ, उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जसपा नेपाल, लोसपा, नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ ।

यो समाचारमा

जनमत पार्टीनेपाली काँग्रेसकाठमाडौँसुरेन्द्र लाभ कर्ण
नागरिक उन्मुक्ति पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...