तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते युवा शक्तिको हातमा सत्ता सुम्पिने उद्देश्यसहित आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारी सरकारले गरिरहेको बताइन्।
  • उनले जेनजी आन्दोलनबाट प्राप्त पाठअनुसार भ्रष्टाचारको अन्त्य, सुशासनको पुनर्स्थापना र रोजगारीजस्ता माग पूरा गर्न सबै नागरिकले आ–आफ्नो स्थानबाट कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।
  • प्रधानमन्त्रीले परम्परागत चाडपर्व र संस्कृति प्रवद्र्धनमा गुठी तथा स्थानीय तहको विशेष भूमिका रहेको उल्लेख गर्दै सबै नेपालीको सहयोगको अपेक्षा व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । 

बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राखिन् । 

उनले भनिन्,‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु ।’ 

त्यस्तै उनले जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको माग पूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताइन् । 

‘भदौं २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुर्नस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ । ति चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ,’उनले भनिन् 

काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको उनले धारणा राखिन् । 

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...