एनपीएलः काठमाण्डु गोर्खाजद्वारा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

13
Share
Featured
  • एनपीएल सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ, जहाँ काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाई १६५ रन बनायो।
  • काठमाडौंका वेन चाल्र्सवथले ६४ रन र भीम सार्कीले अर्धशतक प्रहार गर्दै टोलीको इन्निङ्स सम्भाले।
  • काठमाडौं शीर्ष २ मा पर्न आजको खेल महत्वपूर्ण छ भने पोखरालाई शीर्ष ४ मा पुग्न अनिवार्य जित आवश्यक छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । 

बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो । 

काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै  सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए । 

काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । 

पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...