लोडसेडिङको जस विवाद फेरि चर्कियो, शंकर पोखरेलको टिप्पणीले तरंग

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

16
Share
Featured
  • नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जान्छ भन्ने विवाद फेरि सतहमा आएको छ, नेकपा एमालेका महासचिव शंकर पोखरेलले उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै फेसबुकमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
  • उनले भने, लोडसेडिङ अन्त्यको योजना एमाले सरकारको पालामा बनेको हो, तर यसका उपलब्धिहरू अरूले लिएर अहिले तेस्रो पक्षले पार्टी खोलेको आरोप उनले लगाए।
  • यस उपलब्धिको श्रेयमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक कुलमान घिसिङ र तत्कालीन माओवादी केन्द्रको नेतृत्वलाई पनि दाबी गरिएको छ, तर एमालेले वास्तविक योजनाकार आफूहरू भएको दाबी गर्दै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जान्छ भन्ने पुरानो बहस फेरि सतहमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले बुधबार सामाजिक सञ्जालमा गरेको एक टिप्पणीले यो विवादलाई पुनः चर्काएको हो ।

बुधबार घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’लाई लक्षित गर्दै महासचिव पोखरेलले व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेश्रोले ।’

पोखरेलले आफ्नो टिप्पणीमा लोडसेडिङ अन्त्यको योजना एमाले सरकारको पालामा बनेको तर त्यसको जस अरूले लिएको र सोही उपलब्धिलाई आधार बनाएर अहिले तेस्रो पक्षले पार्टी खोलेको संकेत गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘वास्तविक श्रेय पाउनुपर्ने पक्षलाई कहिले सम्मान गरिने हो ?’

उनको यो टिप्पणी हालै घोषणा भएको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र तत्कालीन सरकारको नेतृत्व गरेको माओवादी केन्द्रप्रति लक्षित रहेको बुझिन्छ ।

लोडसेडिङ अन्त्यमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङको भूमिकालाई आम रूपमा प्रशंसा गरिन्छ । माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वको सरकारको महत्त्वपूर्ण पहलकदमीका रूपमा यसलाई प्रस्तुत गर्दै आएको छ । तर, एमालेले भने लोडसेडिङ अन्त्यको वास्तविक योजनाकार आफूहरू भएको दाबी गर्दै आएको छ । पोखरेलको पछिल्लो टिप्पणीले यो त्रिपक्षीय श्रेयको बहसलाई फेरि एकपटक राजनीतिक वृत्तमा चर्चाको विषय बनाएको छ ।


यो समाचारमा

नेपाल विद्युत प्राधिकरणनेपाल कम्युनिष्ट पार्टी (एमाले)कुलमान घिसिङकाठमाडौँ
शंकर पोखरेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...