प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको चार बुद्दे ज्ञापन पत्र

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

12
Share
Featured
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ४ बुँदे ज्ञापन पत्र बुझाउँदै जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरोधी र सुशासनसँग सम्बन्धित माग राखेका छन्।
  • ज्ञापन पत्रमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न र भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने प्रक्रिया थालनी गर्न अनुरोध गरिएको छ।
  • फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न वातावरण निर्माण गर्ने, र विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन् । 

बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–वित्तिय क्षेत्रसँग सम्बन्धित मागहरू सहित ४ बुद्दे ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदन किरातीले जानकारी दिए । 

उनले भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । 

‘भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं ।’

त्यस्तै, घोषित फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्ने, वैदेशिक रोजगार, शिक्षा लगायत अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने लगायत माग आफूहरुले राखेको उनले जानकारी दिए । 

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...