एनपीएलमा आज विराटनगर र लुम्बिनीबीच खेल हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

18
Share
Featured
  • विराटनगर किंग्स vs लुम्बिनी लायन्स दोस्रो एनपीएलको २२औं खेल आज दिउँसो ४ बजे कीर्तिपुरमा हुँदैछ। विराटनगर ८ अंकसहित तेस्रो, लुम्बिनी ४ अंकसहित छैटौँ स्थानमा छन्।
  • विराटनगरले जीत निकाल्यो भने प्लेअफमा प्रवेश सुनिश्चित हुन्छ, जबकि लुम्बिनीलाई प्लेअफ दाउमा टिक्न अनिवार्य जीत आवश्यक छ।
  • अंक तालिकामा सुदूरपश्चिम १० अंकसहित पहिले नै प्लेअफमा, काठमाण्डु र विराटनगर ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा। पोखरा, चितवन, लुम्बिनी ४–४ अंकमा छन्, कर्णाली र जनकपुर २–२ अंकसहित तल्लो स्थानमा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को २२ औं खेलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।

यो खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले खेल जित्नै पर्ने दबाब छ ।

२१ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाण्डु दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रो स्थानमा छ।

पोखरा चार अंकसहित चौथो स्थानमा छ भने समान खेल खेलेका चितवन र लुम्बिनीको समान चार अंक छ।कर्णाली र जनकपुरको समान दुईदुई अंक छ। ६ खेल खेलिसकेको कर्णाली सातौं स्थानमा छ भने तालिकाको पुछारमा रहेको जनकपुरले दुई खेल खेल्न बाँकी छ ।

यो समाचारमा

सन्दीप लामिछानेनेपाल प्रिमियर लिगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...