देशभर आगलागीको बिगबिगी, एकैदिनमा ८२ लाखभन्दा बढीको सम्पत्ति नष्ट

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

44
Share
Featured
  • पछिल्लो २४ घण्टामा २० मध्ये १७ वटा आगलागी घटना भएको र करिब ८२ लाख ९१ हजार रुपैयाँ क्षति पुगेको प्राधिकरणले जनाएको छ।
  • आगलागीका अधिकांश घटना मानवीय असावधानी—जस्तै गोठमा खाना तताउने, ग्यास चुल्हो, विद्युत् सर्ट आदि—का कारण भएका हुन्।
  • यस अवधिमा आगलागीबाहेक मुस्ताङमा लेक लाग्ने, महोत्तरीमा सर्पदंश, र पर्सामा बाघको आक्रमणबाट एक महिला घाइते हुने घटना पनि दर्ता भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्लो २४ घण्टामा देशभर २० वटा विपद्का घटना भएका छन्, जसमध्ये १७ वटा आगलागीका घटना मात्रै रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी आगलागीका घटनाबाट रु. ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ।

प्राधिकरणले मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो। यस अवधिमा सिराहा, भोजपुर, पाँचथर, मोरङ, सप्तरी, बारा, ,ललितपुर, कास्की, कपिलवस्तु, गुल्मीबाँकेलगायतका जिल्लामा आगलागीका घटना भएका थिए।

प्राधिकरणको विश्लेषणअनुसार अधिकांश आगलागीका घटना मानवीय असावधानीका कारण भएका छन्। गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा र विद्युत् सर्ट हुँदा आगलागी भएको पाइएको छ। प्राधिकरणले सामान्य सावधानी अपनाएमा यस्ता घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताएको छ।

यसै अवधिमा आगलागीबाहेक मुस्ताङमा एक जनालाई लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा बाघको आक्रमणबाट एक महिला घाइते भएको घटना पनि दर्ता भएका छन्।

यो समाचारमा

काठमाडौँसिराहागुल्मीबाँके
ललितपुर12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...