मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

31
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको निर्देशनअनुसार बुधबार (भोली) विश्वासको मत लिने घोषणा गरेका छन्।
  • यादवले पत्र प्राप्त गर्दा कागजी प्रक्रिया पूरा गर्न केही ढिला भएको तर अब पत्र दर्ता भएपछि आवश्यक प्रक्रियापछि मत लिने बताए।
  • उनले विश्वासको मत पाउनेमा ढुक्क रहेको र विभिन्न दलसँग कुरा गरेर समर्थन सुनिश्चित भएको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । 

उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । 

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए । उनले विभिन्न दलहरु संग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए ।

हिजो बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँसरोज कुमार यादवमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...