मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

23
Share
Featured
  • मुगुमा एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्डविपरीत भएको भन्दै स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएका छन्।
  • एकै गाउँबाट तीन प्रतिनिधि चयन गरिएको, भूगोल, समावेशी कोटा र योगदान बेवास्ता गरिएको तथा पहुँचवादी व्यवहारले योग्य कार्यकर्ताहरू सूचीबाहिर परेको आरोप छ।
  • असन्तुष्ट पक्षले निर्णय पुनःसमীক্ষा गर्न केन्द्रीय नेतृत्वलाई माग गर्दै विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत विरोध व्यक्त गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो ।

मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन् ।

मुगुबाट ६ जना प्रतिनिधि छान्ने भनिएपनि भूगोल, संगठनिक, सन्तुलन र सक्रियताका आधारहरू बेवास्ता गरिएको उनीहरूको दाबी छ । जिल्ला इन्चार्ज र पदाधिकारीले तयार पारेको प्रतिनिधि सूचीमा छायाँनाथ रारा नगरपालिका–१, छतेलवाडा गाउँबाट मात्र तीन जना प्रतिनिधि समेटिएको पाइएको छ ।

कार्यकर्ताहरूले यसलाई एकै वडाबाट केन्द्रित प्रभाव विस्तार गर्ने प्रयास र आन्तरिक लोकतान्त्रिक प्रक्रियाको खुल्ला उल्लंघन भन्दै कडा आपत्ति जनाएका छन् ।

एमाले केन्द्रीय संगठन विभागले मुगुका करिब २ हजार ३५८ संगठित सदस्य आधार मानेर ६ प्रतिनिधि छनोट गर्न निर्देश गरेको थियो खुला २, महिला २, दलित १, अल्पसंख्यक–समावेशी १ स्थानीय नेताहरूका अनुसार यी सबै मापदण्ड र भूगोल–क्षेत्रीय सन्तुलनलाई पूर्णतः बेवास्ता गरी मनपरी ढंगले नाम टुंग्याइएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य डबल रोकायाले बताए ।

उनले भने, ‘२०७८ सालमा पार्टी विभाजनपछि कठिन परिस्थितिबीच पार्टी प्रवक्ता त्यसअघि पूर्वपार्टी सचिव, पूर्वनगर ईन्चार्ज हुँदा मुगु जिल्ला पार्टी कार्यालयमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छु, तर प्रतिनिधि छ्नोटमा पूर्णरूपमा अपारदर्शी र पहुँचवादी अभ्यास भएको छ ।’

उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा दशकौँदेखि संगठनका लागि खटिएका नेताहरूलाई एक शब्द परामर्शसम्म नगरी निर्णय थोपारे जस्तो गरियो । यस्तो अभ्यासले पार्टीभित्र विभाजन, असन्तुष्टि र अन्योल मात्र बढाउँछ । योगदानका आधारमा हैन, पहुँचका आधारमा भयो भन्ने कुरा स्थानीयको गुनासो छ ।

मुगुका चारै पालिका, भेग र सक्रियताको सन्तुलन कायम हुनुपथ्र्यो, तर प्रक्रिया नै एकै गाउँको प्रभावमा देखियो,’ कर्णाली प्रदेश कमिटी सदस्य डबल रोकायाले भने, ‘छायाँनाथ रारा नगरपालिका–१ छ्त्यालवाडाबाट जितबहादुर मल्ल, दानसिंह परियार र जय बहादुर नेपाली—सबै तीन प्रतिनिधि चयन भएपछि, अन्य बस्ती तथा स्थानमा सक्रिय र योगदानसहित काम गरेका नेताहरू सूची बाहिर परेका छन ।’

यस्तै सोरु गाउँपालिकाबाट डिल्ली भट्ट, खत्याड गाउँपालिकाबाट कविता गिरी, र मुगुम कार्मारोंग गाउँपालिकाबाट छिरिङ पुटिक लामा प्रतिनिधि चयन भएका छन् ।

असन्तुष्ट पक्षका अनुसार, लामो समयदेखि पार्टीमा योगदान गर्दै आएका कार्यकर्तालाई योगदान होइन, पहुँच र नजिकका मान्छेलाई प्राथमिकता दिइएको भन्दै न्यायोचित र समावेशी मापदण्ड पूरा नभएको आरोप लगाइएको छ । स्थानीय तहमा पर्याप्त छलफल नहुनु र अन्तिम निर्णय आन्तरिक भेटघाटमै सीमित हुनु अपारदर्शी अभ्यासको उदाहरण भएको जनाइएको छ ।

डबल बहादुर रोकायाले जारी गरेको विज्ञप्तिमा र कार्यकर्ताले सामाजिक सन्जालमा भनेका छ्न की सहमतिको नाममा गरिएको निर्णय पूर्ण रूपमा गैर–पारदर्शी छ । सामाजिक न्याय, समावेशीता र संगठनिक शुनिश्चता सबै कुण्ठित भएका छन् । एमालेका असन्तुष्ट पक्षले विज्ञप्तिमार्फत र सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै आएका कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वलाई प्रतिनिधि सूची पुनः समीक्षा गर्न माग गरेका छ्न् ।

यो समाचारमा

कर्णाली प्रदेशसोरु गाउँपालिकामुगुमुगुम कार्मारोंग गाउँपालिका
छायाँनाथ रारा नगरपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...