रूसी मिसाइल आक्रमणमा ४ को मृत्यु, युद्ध अन्त्यका प्रयास जारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

10
Share
Featured
  • डनिप्रोमा रूसी मिसाइल आक्रमणमा ४ मर्नु र ४० घाइते।
  • अमेरिका–रूस–युक्रेनबीच युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता जारी।
  • डोनबास र नाटो सुरक्षा ग्यारेन्टीमा दुवै पक्षका ठूला मतभेद कायम।
  • युक्रेनमा भ्रष्टाचार विवादले जेलेन्स्कीमाथि राजनीतिक दबाब बढ्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वी युक्रेनको डनिप्रो शहरमा सोमबार बिहान भएको रूसी मिसाइल आक्रमणमा ४ जनाको मृत्यु र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। अनौपचारिक रूपमा ब्यालिस्टिक मिसाइल प्रयोग भएको बताइएको छ। विस्फोटका कारण महामार्ग छेउका कार्यालय, सवारी साधन र पसलहरूमा ठूलो क्षति पुगेको छ।

यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका छन्। अमेरिकी दूत स्टिभ विट्कोफ मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न मस्को पुग्ने तयारीमा छन्। उनी यस वर्ष पुटिनलाई पटक–पटक भेटिपनि कहिल्यै कीभ गएका छैनन्।

आईतबार फ्लोरिडामा भएको महत्वपूर्ण भेटमा विट्कोफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जारेड कुश्नरसँग युक्रेनी प्रतिनिधिमण्डलले छलफल गरेका थिए। बैठकलाई “रचनात्मक तर चुनौतीपूर्ण” भन्दै दुवै पक्षले अझै धेरै काम बाँकी रहेको बताएका छन्।

यद्यपि, शान्ति योजनाका प्रयासबीच पनि ठूलो मतभेद कायम छन्। रूसले युक्रेनलाई डोनबास क्षेत्रका बाँकी भूभागबाट फिर्ता हट्न दबाब दिइरहेको छ, जुन कीभले अस्वीकार गरेको छ। युक्रेनको भविश्य सुरक्षा, नाटो सदस्यता तथा पश्चिमी देशहरूको भूमिका जस्ता मुद्दाले विवाद झनै जटिल बनाएका छन्।

इतरफ, राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंसँग समर्थन जुटाउन पेरिस पुगेका छन् र मंगलबार आयरल्यान्ड जानेछन्। भित्रि राजनीतिक विवाद र आफ्नो प्रमुख सल्लाहकार एन्ड्री यरमाकको राजीनामाले जेलेन्स्कीमाथि आन्तरिक दबाब पनि बढेको छ।

रूस–युक्रेन युद्धमा लाखौँ नागरिक विस्थापित भएका छन् र हजारौँ सैनिक तथा नागरिकको ज्यान गइसकेको छ। २०१४ मा क्रिमिया कब्जा र पूर्वी युक्रेनमा विद्रोह समर्थनपछि सुरु भएको द्वन्द्व २०२२ फेब्रुअरीमा रूसले पूर्ण आक्रमण गरेपछि पूर्ण युद्धमा बदलिएको हो।

यो समाचारमा

युक्रेनभ्लादिमिर पुटिनआयरल्यान्डरूस
भोलोदिमिर जेलेन्स्की5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...