प्रधानमन्त्री र सहिद परिवारबीच छलफल,माग पूरा नभए पुनः आन्दोलनको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

22
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका सहिदका परिवारसँग भेटवार्ता गर्दै उनीहरूको मागबारे छलफल गरेकी छन्।
  • सहिद परिवारले १४ बुँदे माग कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने चेतावनी दिँदै भ्रष्टाचारविरुद्ध कडा कारबाही र दमनका जिम्मेवारको पक्राउ माग गरे।
  • प्रधानमन्त्री कार्की र मन्त्री बब्लु गुप्ताले सरकार सहिद परिवारका मागप्रति गम्भीर छ भन्दै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदका परिवारसँग भेटवार्ता गरेकी छन् । सिंहदरबारमा भएको भेटमा सहिद परिवारले सरकारको कामकारबाहीमाथि प्रश्न उठाउँदै आफ्ना मागहरू पूरा नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

सहिदका परिवारका तर्फबाट भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सरकार आन्दोलनको म्यान्डेटअनुसार अघि बढेको छ कि छैन भनी प्रश्न गरेको थियो । उनीहरूले सरकार चुनावको कुरामा मात्र केन्द्रित नभई भ्रष्टाचारविरुद्ध ठोस कारबाही गर्न र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न माग गरे ।

यसअघि सरकारसमक्ष राखिएका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रतिनिधिमण्डलले माग पूरा नभए पुनः सडकमा उत्रन बाध्य हुने चेतावनी दिएको हो ।

छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र मुख्य सचिव सुमनराज अर्याल पनि उपस्थित थिए । जवाफमा प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार पूर्ण गम्भीर र इमानदार रहेको बताउँदै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीबब्लु गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...