एनपीएल सिजन–२ : कर्णालीमाथि काठमाडौंको सानदार जित

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

18
Share
Featured
  • एनपीएल सिजन–२ मा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराउँदै ६ खेलमा चौथो जित दर्ता गर्यो, जबकि कर्णालीले ५ खेलमध्ये केवल एक जित मात्र निकाल्यो।
  • कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पूरा गर्‍यो, जसमा जेरार्ड एरास्मस र जोन सिम्पसनको ८६ रनको साझेदारी निर्णायक रह्यो।
  • कर्णालीका लागि गुल्सन झाले २२ बलमा अविजित ४९ रनको उत्कृष्ट पारी खेले भने पवन सर्राफ, मार्क वाट र जदरानले पनि दोहोरो अंक جوडे।
  • बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ विकेट लिए भने काठमान्डुका रशिद खानसहित अन्य तीन खेलाडीले एक–एक विकेट लिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी भएको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । यो सँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ ।

काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । 

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्शन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए । मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए । बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए ।

यो समाचारमा

गुल्शन झाकाठमाडौँत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानकीर्तिपुर
नेपाल प्रिमियर लिग6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...