कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

22
Share
Featured
  • नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाउँदै काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।
  • कर्णालीका गुल्सन झाले २२ बलमा नटआउट ४९ रन बनाएका छन्, पवन सर्राफ ३५ र मार्क वाट ३० रन बनाए, पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले त्यसपछि स्थिर साझेदारी गरेको थियो।
  • काठमान्डुका लागि प्लेअफको सम्भावना कायम राख्न आजको खेल महत्वपूर्ण छ भने कर्णालीले पनि प्लेअफमा पुग्न जित आवश्यक छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो ।

कर्णालीका लागि गुल्शन झाले उत्कृष् पारी खेले । उनले २२ बलमा नटआउट ४९ रन बनाए ।  पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । नजिबुल्लाह जदरानले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

कर्णालीको सुरूवात भने खराब रह्यो। पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एन्ड बउल्ड भए हुँदा रोयल डक भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै दुई विकेट गुमायो ।

त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे। वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत् रनआउटको सिकार बने । उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । 

पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबिडब्लूको धरापमा परे। नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के। 

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए। १९औं ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए ।

बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन दिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।

पाँच खेलमा तीन जित निकालेको काठमान्डुका लागि प्लेअफमा पुग्न आजको खेल महत्वपूर्ण छ ।‍ चार खेलमा एक मात्र जित निकालेको कर्णालीले प्लेअफ सम्भावना बनाइराख्न आजको खेल जित्नै पर्ने अवस्था छ ।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदाननेपाल प्रिमियर लिगसोमपाल कामीकाठमाडौँ
करण केसी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...