माछापुच्छ्रे एसआईपी योजनाको इकाइ बिक्री सुचारु, आजदेखि आवेदन खुला

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

14
Share
Featured
  • ‘माछापुच्छ्रे एसआईपी योजना’ अन्तर्गत पहिलो चरणमा २ करोड इकाइ बिक्री खुला गरिएको छ, कुल आकार ५ करोड इकाइ रहेको छ र १५% इकाइ प्रवद्र्धक/व्यवस्थापकका लागि छुट्याइएको छ।
  • लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन्, आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।
  • इकाइ बिक्री छिटोमा मंसिर १७ र ढिलोमा मंसिर २८ गते बन्द हुनेछ, योजनाले लगानीकर्तालाई नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक लिमिटेड तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ ।

पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन् । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे क्यापिटलका लागि छुट्टाइएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ ।

यस योजनाको इकाइ बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयसम्म बन्द हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहनेछ । सामूहिक लगानी कोषमा रुचि बढिरहेको बेला सार्वजनिक भएको यस योजनाले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँमाछापुच्छ्रे बैंक लिमिटेडनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...