राजनीतिले एनआरएनएको गरिमा खस्कियो-सञ्चारमन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

22
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनआरएनएलाई राजनीतिक दल जस्तो नबनाउन आग्रह गर्दै संस्थाको गरिमा बचाउनुपर्ने बताए।
  • मन्त्री खरेलले हालैको एकतालाई एनआरएनएलाई राजनीतिक दल र राजनीतिबाट मुक्त बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
  • उनले गैरआवासीय नेपालीहरूको मतदान अधिकार र नागरिकता कार्यान्वयनसम्बन्धी समस्या समाधानमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैर‑आवासीय नेपाली संघ (एनआरएनए) लाई राजनीतिक दल जस्तो नबनाउन आग्रह गरेका छन् ।

आइतबार आयोजित संघको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनआरएनएका नेताहरू कुनै दल विशेषको बन्दा संस्थामा समस्या उत्पन्न भएको बताए । मन्त्री खरेलले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा पछिल्लो समय खस्किँदै गएको टिप्पणी गरे ।

उनले स्थापनाकालको जस्तो गरिमा एनआरएनएमा अहिले नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । मन्त्री खरेलले हालै भएको एकतालाई एनआरएनएलाई राजनीतिक दल र राजनीतिबाट मुक्त बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा उनले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका मतदानको अधिकार र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको प्रतिबद्धता जनाए ।

यो समाचारमा

काठमाडौँगैर‑आवासीय नेपाली संघजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...