प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएको वृहत् एकता घोषणा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

24
Share
Featured
  • चार वर्षदेखिको विभाजन अन्त्य गर्दै एनआरएनएको दुई पक्षबीच आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता घोषणा गरिएको छ।
  • १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित दुवै पक्षका समितिलाई मान्यता दिइने र १२औँ महाधिवेशन तयारीका लागि दुवै अध्यक्ष रहेको स्टेयरिङ कमिटी गठन गरिने सहमति भएको छ।
  • दुवै पक्षले एकअर्काविरुद्ध दायर मुद्दा फिर्ता लिने, सदस्यता वितरण समय थप गर्ने, साथै निर्वाचन र मोनिटरिङका लागि छुट्टै समिति गठन गर्ने सहमति गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चार वर्षदेखिको विभाजन अन्त्य गर्दै गैर‑आवासीय नेपाली संघ (एनआरएनए) ले वृहत् एकता घोषणा गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार आयोजित एक कार्यक्रममा विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

संघको १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले अन्ततः संघलाई विभाजनको अवस्थामा पुर्‍याएको थियो ।

एकता सम्झौताअनुसार, १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित भएका दुवै पक्षका समितिलाई मान्यता दिइनेछ । त्यस्तै, १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि दुवै अध्यक्ष केसी र श्रेष्ठ रहेको एक स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ ।

दुवै पक्षले एकअर्काविरुद्ध दायर गरेका सम्पूर्ण मुद्दाहरू फिर्ता लिने र सदस्यता वितरणका लागि समय थप गर्ने विषयमा पनि सहमति जुटेको छ । यसका साथै, महाधिवेशनको तयारीका लागि ११ सदस्यीय स्टेयरिङ कमिटी र छुट्टै निर्वाचन तथा मोनिटरिङ समिति गठन गर्ने लगायतका सहमति पनि भएको छ ।

यो समाचारमा

काठमाडौँगैर‑आवासीय नेपाली संघसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...