एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

11
Share
Featured
  • एनपीएलको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित्दै लगातार पाँच खेलमा पाँचै जित हासिल गर्दै शीर्षस्थान सुरक्षित गरेको छ।
  • जनकपुर बोल्ट्सले १४६ रनको लक्ष्य दिएको भए पनि सुदूरपश्चिमले १७.४ ओभरमै पुरा गर्‍यो। जनकपुरले खेलिएको चारै खेलमा पराजय बेहोरेको छ।
  • सुदूरपश्चिमले यसअघि काठमान्डु, पोखरा, कर्णाली र लुम्बिनीलाई हराइसकेपछि आज जनकपुरलाई पनि पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ । 

शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १४८ रन बनाएर जित हासिल गरेको हो । जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको मात्र लक्ष्य दिएको थियो । 

जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो भने आजको पाँचौ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । 

जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

यो समाचारमा

जनकपुरनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलुम्बिनी
पोखरा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...