गोलबजारको एक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

59
Share1
Featured
  • विवादको कारण: सिरहाको गोलबजार नगरपालिका–११ स्थित श्री माध्यमिक विद्यालयमा कक्षा संचालनको समयमा अनुमति बिना हेल्पिङ हर्ट नेपालले कार्यक्रम सञ्चालन गरेकोमा स्थानीय आक्रोशित।
  • प्रभाव: कार्यक्रमले विद्यार्थीको पठन–पाठन प्रभावित भएको र विद्यालयको मर्यादा, अनुशासन तथा शैक्षिक अधिकारमा अतिक्रमण भएको स्थानीयहरुले बताएका छन्।
  • विवादास्पद स्वीकृति: प्रधानाध्यापकले मौखिक जानकारी मात्र भएको बताए भने आयोजकले अनुमति लिएको दावी गरेका छन्; नियामक निकायबाट कुनै जवाफ आएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् । 

विद्यालयभित्र कुनैपनि कार्यक्रम गर्नुअघि सम्बन्धित निकायको अनुमति लिनुपर्ने कानुनी व्यवस्था हुँदापनि सिरहाको गोलबजार नगरपालिका , सिराहा वडा नम्बर ११ मा रहेको श्री माध्यमिक विद्यालय बल्कावाका व्यवस्थापन समितिका अध्यक्ष तथा हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउदिन खान र बिद्यालय प्रशासनले कानुनी व्यवस्थालाई वेवास्ता गर्दै कक्षा संचालनकै समयमा बिद्यालय परिसर प्रयोग भएको स्थानीयको भनाइ छ । 

विद्यार्थीको पठन–पाठन प्रभावित पार्दै विद्यालय परिसर निजी प्रयोजनमा दुरुपयोग गर्नु केवल कानुन उल्लङ्घन मात्र नभई, विद्यालयको मर्यादा, अनुशासन र विद्यार्थीको शैक्षिक अधिकारमाथिको प्रत्यक्ष अतिक्रमण भएको स्थानीय युवा बिजय भुसन यादवले वताए । 

विद्यालयका प्रधानाध्यापक बेचन प्रसाद साहले आफुसंग अध्यक्षले अनुमती लिनुपर्ने नभएको बताए । ‘अध्यक्ष आफै कार्यक्रम संचालक अनि अनुमतिको कुरै भएन् । मौखिक जानकारी थियो, लिखित थिएन्,’ उनले भने ।

तर हेल्पिङ हर्ट नेपाल एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जियाउदिन खानले आफुले अनुमती लिएर नै कार्यक्रम गरेको दावी गरे । पत्रकारले अनुमती पत्र माग गर्दा पछि दिन्छु भन्दै पन्छिए ।

नगरपालिका, शिक्षा शाखा र अन्य नियामक निकायले यसबारेमा कुनै जवाफ दिएको छैन् । विगतको दिनमा पनि विद्यालयमा बिना अनुमती कन्सर्ट(नाच)हरु नचाउने गरेको स्थानीयहरुको भनाइ छ ।

यो समाचारमा

काठमाडौँगोलबजार नगरपालिका , सिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...