हेटौँडा बजारमा सडक विस्तारको असर : पसलमा ‘सेल’ अफर, ग्राहक झुम्मिए

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

25
Share
Featured
  • हेटौँडा बजारमा सडक विस्तार टास्कफोर्स फिल्डमा खटिएपछि २५ गजभित्रका व्यवसायीहरूले पसल खाली गर्ने तयारी गर्दै ‘सेल’ घोषणा गरे, जसले बजारमा भीड बढायो।
  • फर्निचर, कपडा र घरेलु सामानका पसलमा ग्राहकको चहलपहल असामान्य रूपमा बढेको छ, तर व्यवसायीहरू संरचना भत्किने डरले चिन्तित छन्।
  • व्यापारीहरूले पूर्वसूचना र क्षतिपूर्ति बिना भत्काउने तयारी भएकाले व्यवसायमा ठूलो असर परेको बताउँदै सडक विस्तारले बजारमा बेचबिखन त बढाए पनि अनिश्चितता थपेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि टास्कफोर्स फिल्डमा खटिएपछि २५ गजभित्र पर्ने व्यवसायीहरू पसल खाली गर्ने तयारीमा जुटेका छन् । यसै क्रममा व्यापारीहरूले सामान छिटो विक्री गर्न ‘सेल’ घोषणा गरेपछि बजारमा ग्राहकको भीड झनै बढेको छ । 

विशेषगरी फर्निचर, कपडा तथा घरेलु सामग्रीका पसलमा ग्राहकको चहलपहल उल्लेखनीय छ । आज बिहानैदेखि हेटौँडाको सिमाचोकदेखि नेपाल बैंक आसपासको क्षेत्र निकै व्यस्त बनेको स्थानीयहरूले बताएका छन् । 

व्यापारीहरूका अनुसार सडक विस्तारको तयारीसँगै उनीहरूको व्यवसायमा ठूलो असर परेको छ । संरचना भत्किने अवस्था भएपछि थुप्रै व्यवसायी बाध्यतावश सामान सस्तोमा बिक्री गर्न थालेका हुन्।

बजारमा बढेको भिडले तात्तिएको व्यापार भए पनि व्यवसायीहरू भने चिन्तित देखिन्छन् । उनीहरू भन्छन्, ‘सडक विस्तार विरोधी होइनौँ, तर पूर्वसूचना र उचित क्षतिपूर्ति नदिई घर–पसल भत्काउन खोजिँदा ठूलो क्षति भएको छ ।’

सडक विस्तारसम्बन्धी कार्य अगाडि बढेसँगै हेटौँडा बजार क्षेत्रमा यतिबेला बेचबिखन र चहलपहल दुवै असामान्य रूपमा बढेको देखिन्छ ।

यो समाचारमा

हेटौंडाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...