एनपिएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

19
Share
Featured
  • प्लेअफ होडमा रहेका लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन्। दुवैले एक–एक खेल मात्र जितेकाले आजको खेल दुवैका लागि ‘जित्नैपर्ने’ छ।
  • साविक विजेता जनकपुर बोल्ट्स अङ्कविहीन अवस्थाबाट पहिलो जित खोज्दै अपराजित सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ।
  • सुदूरपश्चिम चारै खेल जितेर शीर्ष स्थानमा छ र प्लेअफ सुरक्षित गर्ने लक्ष्यमा छ, साथै गत वर्ष फाइनलमा जनकपुरसँग भएको हारको ‘रिभेन्ज’ लिने प्रयासमा पनि रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा प्लेअफ होडमा रहेका लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा, दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले अपराजित रहेको सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आमनेसामने हुनेछन् । दुवै टोलीले हालसम्म एक–एक खेल मात्र जितेका छन् । चार खेल खेलेको लुम्बिनी अङ्क तालिकाको सातौँ स्थानमा छ भने तीन खेल खेलेको पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवित राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

त्यस्तै, अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र अपराजित सुदूरपश्चिम रोयल्सबीचको खेललाई निकै रोमाञ्चक मानिएको छ । हालसम्म खेलेका तीनवटै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको जनकपुर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकाको पुछारमा रहेको जनकपुरका लागि प्लेअफ दौडमा रहिरहन यो खेल जित्नैपर्नेछ ।

यता, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम भने आफ्ना चारवटै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । साथै, गत संस्करणको फाइनलमा जनकपुरसँग व्यहोरेको हारको बदला लिने दाउमा समेत सुदूरपश्चिम रहनेछ ।

यो समाचारमा

रोहित पौडेलकुशल भुर्तेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...