स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

19
Share
Featured
  • पर्सा प्रहरीले भारत बिहारका ५३ वर्षीय सुरेन्द्र साहलाई स्रोत नखुलेको रकमसहित वीरगन्जबाट पक्राउ गरेको छ।
  • पक्राउ क्रममा साहको साथबाट रु. १० लाख (रु. १००० का ७०० थान र रु. ५०० का ६०० थान नोट) बरामद गरिएको छ।
  • स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने आशंका गरिएको र यसबारे अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।

पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन् ।

पाठकका अनुसार साह मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट रु.१००० दरका ७०० थान र रु.५०० दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइएपछि यस विषयमा अनुसन्धान चलाइएको हो । हुण्डी कारोबार गैरकानुनी भएकाले यसले नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत कानुनी कारबाहीको दायरामा पर्छ ।

यो समाचारमा

काठमाडौँवीरगञ्ज महानगरपालिकाभारतनेपाल राष्ट्र बैंक
महोत्तरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...