उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

22
Share
Featured
  • उज्यालो नेपाल पार्टीले २०८२ मंसिर १७ गते प्रज्ञा भवन, काठमाडौंमा औपचारिक घोषणा गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत दिएको छ।
  • पार्टीले दीर्घकालीन दृष्टि, मूल ध्येय र घोषणापत्रमा लोकतान्त्रिक मूल्य, मानव अधिकार, मौलिक अधिकार, प्रभावकारी सेवा प्रवाह र समाजवादमा प्रतिबद्धता स्पष्ट गरेको छ।
  • कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने तथा सुरक्षा, सवारी र भीड व्यवस्थापन तयारी अन्तिम चरणमा पुगेको छ।
  • पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ हो र यसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई साझा राष्ट्रिय लक्ष्यको रूपमा प्रतिबिम्बित गर्ने उद्देश्य राख्छ।
समाचार सारांशGenerated using AI.

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो ।

सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ । 

उज्यालो नेपाल पार्टी नेपालको संविधानका उपलब्धिहरूलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा, प्रभावकारी सेवा प्रवाह लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न दर्ता भएको उनीहरुको भनाई छ । 

कार्यक्रममा वृहत जनसहभागीता रहनेअपेक्षा राखिएको छ र सुरक्षा, सवारी तथा भीड व्यवस्थापनका तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन् भने कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको मन्त्री कुलमान घिसिङ रहने छन् ।

उज्यालो नेपाल बनाउने अभियान सिंगो नेपालीको साझा अभियान भएको भन्दै हालैको जेनजी आन्दोलनलाई पनि संस्थागत नगरे नेपालले थप आन्दोलनको भार थेग्न नसक्ने पनि पार्टीको भनाई छ । 

यसै सन्दर्भमा नेपालको संविधानको उपलब्धिहरूलाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता अक्षुण्ण राखी परिवर्तित सन्दर्भ सहितको जनअपेक्षा र चाहनालाई पूरा गर्ने संकल्प गर्दै, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र सेवाप्रवाह मार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न उज्यालो नेपाल पार्टी हालसालै दर्ता भएको हो । ।

उज्यालो नेपाल पार्टीको मूल नारा, ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ रहेकोछ, जसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्दछ ।

यो समाचारमा

कुलमान घिसिङकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...