चुनावअघि महाधिवेशन नगर्न देउवालाई निकट नेताहरूको सुझाव

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

22
Share
Featured
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निकटवर्ती नेताहरूले चुनावअघि महाधिवेशन नगर्न सुझाव दिएका छन्।
  • नेताहरूको तर्क अनुसार, फागुन २१ को प्रतिनिधिसभा चुनावअघि महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्न सक्छ।
  • सभापति देउवालाले सल्लाह सुनेर सहमति गर्दै समस्या समाधान गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबालाई उनकै निकटवर्ती नेताहरूले चुनावअघि पार्टीको महाधिवेशन नगर्न सुझाव दिएका छन् ।

बिहीबार सभापति देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा बोलाएको छलफलमा सहभागी नेताहरूले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्ने निष्कर्ष सुनाएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, "निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्न हुँदैन भन्ने विषय हामीले सभापतिज्यूसँग राख्यौं । चुनावअघि महाधिवेशन गरेर जाँदा पार्टीलाई क्षति हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।"
नेताहरूको सुझाव सुनेपछि सभापति देउवाले सहमति गरेरै अघि बढ्न निर्देशन दिएको डा. महतले जानकारी दिए । देउवाको भनाइ उद्धृत गर्दै महतले भने, "जे जस्तो भए पनि अहिलेको समस्यालाई समाधान गर्न सहमति गरेर जानुस् भन्नुभएको छ ।"

नेपाली कांग्रेसभित्र हाल महाधिवेशनको मिति र प्रक्रियालाई लिएर तीव्र विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले पुस महिनाभित्रै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ भने सभापति देउवा पक्ष चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा देखिएको छ ।

यो समाचारमा

डा. प्रकाशशरण महतप्रतिनिधि सभाशेर बहादुर देउबागगन थापा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...