इटहरी प्रहरी कार्यालय तोडफोड–आगलागी प्रकरणमा संलग्न पाँच जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

18
Share
Featured
  • भदौ २४ मा जेन्जी आन्दोलनका क्रममा इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा दुव्र्यवहारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये स्थानीय इटहरी र भोजपुरका नागरिक रहेका छन् र उनीहरूलाई ‘अपराधिक उपद्रव गर्न नहुने’ कसुरमा म्याद थप गरी अनुसन्धान जारी छ।
  • अन्य संलग्न व्यक्तिहरूको खोजी जारी छ र प्रहरीले थप फोटो/भिडियो उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको ईटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा पहिचान गरी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकालाई ‘अपराधिक उपद्रव गर्न नहुने’ सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गराउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी, तोडफोड र प्रहरीको हातहतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

कोशी प्रदेश प्रहरीका अनुसार यस्ता घटनाका थप फोटो वा भिडियो उपलब्ध गराएमा अनुसन्धानमा महत्वपूर्ण सहयोग हुने भन्दै सर्वसाधारणलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। प्रहरीले सूचनादाताको नाम गोप्य राखिने पनि जनाएको काशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो समाचारमा

काठमाडौँसुनसरीईटहरीकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...