नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

19
Share
Featured
  • नेप्से परिसूचक १०.४३ अंक बढेर २,६७६.०३ बिन्दुमा पुगेको छ, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि वृद्धि।
  • आज कुल ३३३ स्टकको ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ४६ लाख सेयर किनबेच भएको छ, पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा।
  • हिमस्टार उर्जा कम्पनीको सेयर सबैभन्दा धेरै घटेको र एनआरएन इन्फ्रास्टक्चर सबैभन्दा बढी कारोबार भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ । 

आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ । 

बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो । 

यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

यस दिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै प्रति कित्ता ७.९८ प्रतिशतले घटेको छ । 

आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढि कारोबार भएको छ । यस्तै, नागदि ग्रुप पावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्सको सेयर पनि सबैभन्दा बढि कारोबार भएको छ ।


यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...