काममा ढिलासुस्ती देखेपछि मध्यरातमा संसद भवन पुगे मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

18
Share
Featured
  • ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गर्दै ढिलाइ भए निर्माण व्यवसायी र सम्बन्धित सबैलाई कारबाहीको चेतावनी दिए।
  • उनले तीन सिफ्टमा काम नगरेको र सुपरीवेक्षण ढिला भएको पाएपछि असन्तुष्टि व्यक्त गर्दै चैतभित्र निर्माण सम्पन्न गर्न जोड दिए।
  • आयोजनाको भौतिक प्रगति हाल ८७% छ; ठेक्का म्याद पुस १६ मा सकिँदै छ र नयाँ प्रतिनिधिसभाको बैठकका लागि भवनलाई उच्च प्राथमिकतामा राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरवारस्थित निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गर्दै काममा ढिलाइ भए निर्माण व्यवसायीसहित सम्बन्धित सबैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार साँझ अचानक निरीक्षणमा पुगेका मन्त्री घिसिङले आफूले पटक–पटक तीन सिफ्टमा काम गर्न निर्देशन दिए पनि फिल्डमा सोअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । "तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही हुन्छ," उनले भने, "नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिनेछ ।"


आगामी फागुन २१ को चुनावपछि बस्ने नयाँ प्रतिनिधिसभाको बैठकका लागि भवन तयार हुनुपर्ने भएकाले यसको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्त्री घिसिङले आगामी चैत महिनाभित्र निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिँदै उक्त समयमा काम नसकिए लापरवाही गर्ने सबैलाई कारबाही गरिने बताए ।

२०७६ असोजमा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनाको म्याद पाँचौंपटक थपिएर आगामी पुस १६ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८७ प्रतिशत छ ।

यो समाचारमा

काठमाडौँसिंहदरवारकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...