प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै छैन् : खगेन्द्र सुनार

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

16
Share
Featured
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न (बिजुलीको चिम) प्रयोग गर्ने सहमति गरेका छन्।
  • अध्यक्ष खगेन्द्र सुनारका अनुसार कुलमान घिसिङ देशको नेतृत्वकर्ता भएकाले उनी प्रधानमन्त्रीको उम्मेदवारका लागि अपरिहार्य छन्।
  • उनले तत्काल पार्टी एकता गर्ने योजना नभएको पनि स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् । 

कार्यक्रममा उनले कुलमान घिसिङ एउटा समुदायको मात्र नभई सिंगो देशको नेतृत्वकर्ता भएको हुनाले पनि आफूहरुले सहकार्य गरेको बताए । प्रधानमन्त्रीको उम्मेद्वारको लागि कुलमान घिसिङको विकल्प अरु कुनै नरहेको पनि उनको दावी छ । 

उनले भने, ‘कुलमान घिसिङ एउटा समुदायको मात्र मानिस होईन् । उहाँ देशको सिंगो नेतृत्वकर्ता हो । एउटा रानो बसेको ठाउँमा मौरीहरु गएर बसेको जसरी उहाँको वरिपरी सबै भइदिए हुन्थ्यो भन्ने कुरा सबैको आएको कारण नै हाम्रो एकता भएको हो । रहर गर्ने कुरा स्वभाविक होला । तर के हो भने कुलमान घिसिङ जस्तो प्रधानमन्त्रीको उम्मेद्वार अरु कुनै हुन सक्दैन् । कुलमान घिसिङले नेतृत्व गर्नुहुन्छ । यो बेलामा कुलमान घिसिङको विकल्प छैन् । यो बेला कोही रामको अवतार लिएर आउन सक्छ भने त्यो कुलमान घिसिङ नै हो ।’ 

त्यस्तै, उनले तत्काल पार्टी एकता गर्ने कुनै सोच नरहेको धारणा पनि राखे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...