नेपालमा उत्पादन भएको तोरीको तेल र जुत्ताको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार १७:११

17
Share
Featured
  • नेपालमा उत्पादन भएका गुणस्तरीय र सस्तो स्पोर्ट सुज तथा छालाका जुत्ताको माग बढ्दै गएको छ; वीरगन्ज नाकाबाट पहिलो चौमासिकमा निर्यात १ लाख ४६ हजार जोडबाट ५ लाख ८१ हजार जोडसम्म पुगेको छ।
  • नेपाली तोरी तेल गुणस्तरीय र सस्तो पर्नाले भारततर्फ निर्यात वृद्धि; पहिलो चौमासिकमा ५,७८३ लिटरबाट २५ लाख ७,४२५ लिटरमा पुगेको छ।
  • डोजर र एक्साभेटर निर्यात बढ्दै; वीरगन्ज नाकाबाट विभिन्न मालवस्तुको निर्यात कुल १४४% वृद्धि, १३ अर्ब ६४ करोडबाट ३३ अर्ब २१ करोड पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएका छन् ।

नेपालमा उत्पादन भएका स्पोर्ट सुज तथा छालाका जुत्ता गुणस्तरीय हुनुका साथै उपभोक्तालाई सस्तो पर्ने भएकाले विदेशी बजारमा नेपाली जुत्ताको माग बढ्दै गएको छ ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट पछिल्लो समय भारत तथा तेस्रो मुलुकतर्फ नेपालबाट जुत्ताको निर्यात करिब तीन गुणाले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज नाकाबाट ६ करोड रूपैयाको १ लाख ४६ हजार जोड जुत्ता निर्यात भएकोमा चालु आवको सोही अवधिमा २३ करोड रूपैंयाँका ५ लाख ८१ हजार जोडभन्दा बढी जुत्ता निर्यात भएको छ ।

नेपालमा उत्पादन भएको जुत्ता तथा चप्पल अन्यको तुलनामा गुणस्तरीय र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिए ।

उनले गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा १७ करोड मूल्य बढीका ४ लाख ३४ हजार जोडभन्दा बढी जुत्ताको निर्यात बढ्नुको मुख्य कारण माग बढ्नु नै भएको बताए । 

त्यस्तै, नेपालमा उत्पादन भएको तोरीको तेलको गुणस्तर अत्यन्त राम्रो र अन्य देशको तेलको तुलनामा सस्तो पर्न जानाले यसको निर्यात समेत बढ्दै गएको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।

वीरगन्ज नाकाबाट गत आवको पहिलो चौमासिकमा २४ लाख रूपैयाको ५ हजार ७ सय ८३ लिटर तेल निर्यात भएकोमा चालु आवको सोही अवधिमा ४३ करोड रूपैंयाँको २५ लाख ७ हजार ४ सय २५ लिटर तोरीको तेल निर्यात भएको उनले बताए । 

नेपालमा उत्पादन भएको तोरीको तेल सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन् । भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन यसको माग बढ्दै गएको कर्मचारीहरूले बताएका छन् ।

त्यस्तै, नेपालबाट पछिल्लो समयमा भारत तथा तेस्रो मुलुकतर्फ हेभी सवारी साधनको निर्यात पनि बढ्दो छ । विदेशबाट नेपाल भित्रिएका डोजर तथा एक्साभेटरको निर्यात वीरगन्ज नाकाबाट बढेको छ ।

गत आवको पहिलो चौमासिकमा ४२ करोड मूल्यका १ सय १६ थान डोजर तथा एक्साभेटर निर्यात भएकोमा चालु आवमा ४७ करोड मूल्यका १ सय २२ थान हेभी सवारी साधन निर्यात भएको भन्सारले जनाएको छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ विभिन्न वस्तुको निर्यात १ सय ४४ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा १३ अर्ब ६४ करोडका विभिन्न मालवस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३३ अर्ब २१ करोडका मालवस्तु निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

यो समाचारमा

नेपालकाठमाडौँभारत

ट्यागहरू

#मुख्य कारण#नेपाल#तोरीको तेल#वीरगन्ज#छालाका जुत्ता#वीरगन्ज उद्योग वाणिज्य संघ#जुत्ता तथा चप्पल#गुणस्तरीय#सूचना अधिकारी#प्रतिस्पर्धी#निर्यात बढ्नु#उत्पादन#अन्तर्राष्ट्रिय बजार#स्पोर्ट सुज#वीरगन्ज भन्सार कार्यालय#तेस्रो मुलुक#भारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू