जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

43
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहास अध्ययन गरेर मात्र अगाडि बढ्न सक्ने बताए; इतिहासबाट सिक्न नसक्दा दोहोर्याउने जोखिम।
  • उनले शेरबहादुर देउवा र केपी ओली पनि जेनजी रहिसकेको स्मरण गर्दै इतिहास नजिकबाट अध्ययन गर्नुपर्ने बताए।
  • सरकारमा रहेका पार्टीहरूले लामो संघर्ष र जेल जीवनपछि परिवर्तन ल्याएको अनुभवले मात्र आन्दोलनको मूल्य निर्धारण हुने, २७ घण्टामा सत्ता परिवर्तनलाई कम आँक्नु गलत।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘भदौ २४ पछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो गरेर पनि प्रस्तुत गरिने पाइएको छ । त्यस्तो होईन्, पुराना–नयाँ खराब सबैलाई छुट्टाउन सक्नुपर्छ । अध्ययन र समाज बुझ्ने क्रममा त्यो ज्ञान हामीले ग्रहण गर्न सकेनौ भने अहिलेको जेनजीहरु पनि धेरै राम्रो नेता बन्न सक्दैँनन् भन्ने मेरो निष्कर्ष हो । हिजो भर्खरै आएका जेनजीहरुले हामीबाटै इतिहास सुरु भयो भन्ने नसोचे हुन्छ । मैले यसलाई सकारात्मक रुपमा नै भनेको हो । इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोराउन पुग्छौ ।’

उनले शेर बहादुर देउबाखड्गप्रसाद शर्मा ओली पनि कुनै समयमा जेनजी नै भएको भन्दै इतिहासलाई पल्टाएर, नजिकबाट अध्ययन गरेमात्र राम्रो नेता भन्न सकिने बताए । 

सरकारमा रही आएका पार्टीहरुले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरेपनि यो सत्य भएको उनको भनाई छ  । 

उनले भने, ‘पार्टीहरुले जेन–जी आन्दोलन “नेपो किड”लाई यस्तो पनि आन्दोलन हुन्छ भनेर जुन खिसी गरिरहेका छन् त्यो उनीहरुले इतिहासमा लामो संघर्ष गरेर मात्र सफलता पाएको हुनाले हो । त्यसकारण उनीहरुले २७ घण्टामा सत्ता ढालेको पनि आन्दोलन हुन्छ भनेर भन्ने गरेका हुन् । तर त्यो भएकै हो । अब आन्दोलन भनेको १० वर्ष जेल बसेपछि गरेको परिवर्तन मात्रै हो भन्ने भाष्यबाट अगाडि आउनुपर्छ ।’

यो समाचारमा

स्वर्णिम वाग्लेखड्गप्रसाद शर्मा ओलीकाठमाडौँशेर बहादुर देउबा
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...