निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूलाई भेट्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

20
Share
Featured
  • जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबीच विश्वास बढाउन प्रधानमन्त्री सुशीला कार्कीले छलफल सुरु गर्ने तयारी गरेकी छन्।
  • यस साताभित्र नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (एमाले) अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डसँग बैठक गर्ने योजना छ।
  • निर्वाचनको माहोल सुधार्दै दलहरूबीच अविश्वास कम गर्ने र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि सहज वातावरण निर्माण गर्ने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले अग्रसरता लिएकी छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सबै पक्षलाई एक ठाउँमा ल्याउने उद्देश्यले उनले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी हुन् ।

प्रधानमन्त्री कार्कीले यसै साताभित्र प्रमुख तीन दलका शीर्ष नेताहरू—नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त छलफलको तयारी गरेकी हुन् ।

जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका र युवाहरूको आक्रोश सामना गरेका शीर्ष नेताहरू र अन्तरिम सरकारबीच संवादहीनताको अवस्था थियो । यही संवादहीनताले गर्दा २१ फागुनको निर्वाचनमाथि संशय उत्पन्न भइरहेका बेला प्रधानमन्त्रीले छलफलको पहल लिएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकका लागि मंगलबार शीर्ष नेताहरूलाई आमन्त्रण–पत्र पठाउने तयारी छ । यदि पत्र पठाइयो भने यो हप्ताभित्रै भेटघाट हुन सक्ने सचिवालयले जनाएको छ । "२१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन तीन नेतासँग छलफल गर्न लागिएको हो," सचिवालयका एक सदस्यले भने, "निर्वाचनको माहोल बनिरहेका वेला दलहरूलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीले अग्रसरता लिनुभएको हो ।"

खासगरी नेकपा (एमाले)ले अन्तरिम सरकारको संवैधानिक हैसियत र चुनावी वातावरणलाई लिएर प्रधानमन्त्री कार्कीको निरन्तर आलोचना गर्दै आएको छ । अन्य दलका नेताहरूले पनि प्रधानमन्त्रीले संवाद नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले पहिलो चरणमा तीन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने र त्यसपछि अन्य दलका अध्यक्षहरूसँग पनि संवाद गर्ने कार्यसूची रहेको जानकारी दिएको छ । यो भेटघाटले दलहरू र अन्तरिम सरकारबीचको अविश्वासलाई कम गरी निर्वाचनको लागि सहज वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीपुष्पकमल दाहालशेर बहादुर देउबानेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...