खोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

17
Share
Featured
  • १४८ मिटर लामो बुवाखोला पक्की पुल सञ्चालन: खोटाङको सबैभन्दा लामो मोटरेबल पुल उद्घाटन भएसँगै दक्षिणी भेगमा यातायात सहज हुने अपेक्षा गरिएको छ।
  • १७ करोड ५८ लाखमा समयमै निर्माण: निर्धारित समयभन्दा अघि तयार भएको पुलले विराटनगर–इटहरी–धरान–झापा–मोरङ–सुनसरी गन्तव्यमा अब जोखिमपूर्ण नदी पार गर्नुपर्ने समस्या हटाएको छ।
  • अझै थप संरचना आवश्यक: पूर्ण कनेक्टिभिटीका लागि बुवाखोला र सुनकोशीमा थप पुल आवश्यक छ, जसअन्तर्गत बंशिलाघाटमा बेलीबृज जडान अन्तिम चरणमा पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। 

भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।

जन्तेढुङ्गा गाउँपालिकावराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्।

अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापामोरङसुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यद्यपि सिधा यातायात पूर्ण रूपमा सुचारु गर्न बुवाखोलामा अर्को पुल र सुनकोशी नदीमा पनि नयाँ पक्की पुल आवश्यक पर्ने बताइएको छ।

सुनकोशीको बंशिलाघाट क्षेत्रमा अहिले झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। यो वर्षदेखि त्यहाँ बेलीबृज जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। बुवाखोलामा निर्माण हुने अर्को पुलका लागि पनि ठेक्का आह्वान भइसकेको मन्त्री राईले जानकारी दिए।

आफ्नै निर्वाचन क्षेत्र पर्ने भएकाले मन्त्री राईले खोटाङको विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। पुल सञ्चालनमा आएपछि जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा क्षेत्रमा यातायात र जनजीवनमा उल्लेख्य सुधार हुने स्थानीयको विश्वास छ।

प्रदेश सरकार र निर्माण व्यवसायीबीच २०८१ वैशाख ३० गते सम्झौता भएको थियो। लक्ष्यअनुसार पुल २०८३ कात्तिक २१ भित्र सक्नुपर्ने भए पनि जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले निर्धारित समयभन्दा अघि नै पुल तयार पारेर हस्तान्तरण गरेको हो। खोटाङमा पक्की पुल समयमै बनेको यो दुर्लभ उदाहरणमध्येको एक भएको स्थानीयले बताएका छन्।

नेपाली काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टका अनुसार बंशिलाघाटमा बन्ने बेलीबृजले यो क्षेत्रलाई ‘डबल कनेक्टिभिटी’ प्रदान गर्नेछ, जसले स्थानीय यातायात झन् सहज बनाउने छ।

यो समाचारमा

कोशी प्रदेशखोटाङकाठमाडौँवराहपोखरी गाउँपालिका
झापा9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...