कांग्रेस निर्वाचनमा जाने, प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

21
Share
Featured
  • कांग्रेस चुनावमा सहभागी: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचन दुवैमा भाग लिने निर्णय गर्‍यो।
  • विघटन असंवैधानिक दाबी: कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको पुनः दोहोर्‍याउँदै उक्त विषय सर्वोच्च अदालतले टुङ्गो लगाउनुपर्ने बतायो।
  • सरकारलाई आग्रह: कांग्रेसले चुनावको वातावरण बनाउन, जेनजी आन्दोलनमा लुटिएका हतियार फिर्ता ल्याउन, फरार कैदीलाई जेल फर्काउन, र पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै अघि बढ्ने घोषणा गर्‍यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । 

शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। 

तर कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ । 

कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनः कारागारमा फर्काउन सरकारलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए । उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोही अनुसार अघि बढ्ने पनि सुनाए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...