लुम्बिनी लायन्सले कर्णाली याक्सलाई दियो १५७ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

18
Share
Featured

काठमाडौँ


दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । 

लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको हो । 

लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।

दुवै टिमले आज दोस्रो खेल खेल्दैछन् । जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ । आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ ।

यो समाचारमा

नेपाल प्रिमियर लिगचितवनलुम्बिनीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...