रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’ संचालनमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

31
Share
Featured
  • मनमित ग्रुपले रुपन्देहीको ओमसतिया–२ मा आधुनिक ‘ट्याक्टर हस्पिटल’ सञ्चालनमा ल्याएको छ, जहाँ एकैपटक ६ ट्याक्टरसम्म मर्मत गर्न सकिने अत्याधुनिक व्यवस्थासहित सेवा दिइनेछ।
  • अन–स्पट सेवा, विश्राम कक्ष र निशुल्क बासको सुविधा सहित रूपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तुमा समेत सेवा पुर्‍याउने व्यवस्था गरिएको छ।
  • लुम्बिनी ट्याक्टर समिति र ट्राफिक प्रहरीको सहभागितामा उद्घाटन गरिएको यो ग्यारेज नेपालमै पहिलोपटक यस्तो सुविधा सम्पन्न सेवा केन्द्र भएको ग्रुपको दाबी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विगत डेढ दशक लामो समयदेखि रुपन्देहीलाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर आज शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याईएको हो । 

आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टर सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फैलएको यस ग्यारेजले सेवाग्राहीका लागि व्यवस्थीत विश्राम कक्ष समेत बनाएको छ ।

यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन स्पोट सेवा समेत उपलब्ध गराउने अध्यक्ष सिंहले बाताए । एकसाथ ६ वटासम्म ट्याक्टर मर्मतको काम गर्न सकिनेगरी अत्याधुनिक उपकरण जडानसहित निर्माण गरिएको ग्यारेजमा आउने सेवाग्राहीका लागि बास बस्नु पर्ने भएमा निशुल्क छुट्टै विश्रामस्थलको समेत व्यवस्था गरिएको छ ।

यसका साथै अधिकांश कामका लागि मेशिन तथा उपकरणको प्रयोग गरिने भएकाले छोटो समयमै थोरै जनशक्तिले सहजै काम गर्न सक्ने कम्पनीको दाबी छ । हाल ८ जना प्राविधिक जनशक्तिले काम गरिरहेको यस ग्यारेजमा बिस्तार गर्दै जनशक्ति पनि थप गरिने अध्यक्ष सिंहले बताए । 

ग्यारेजको उद्घाटन कार्यक्रममा लुम्बिनी ट्याक्टर समितिका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद भुसाल, ट्याक्टर समिति पाल्पाका अध्यक्ष विष्णु बहादुर कार्की लगायतले बोल्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । 

यसैगरी कुनै पनि गाडी मर्मतका लागि ग्यारेजमा जाँदा त्यसका पाट्र्सहरुको मूल्य प्रचलित बजार मूल्यभन्दा बढी भनेर ग्राहकलाई मर्कामा पार्ने प्रवृत्ति रहेको बताउँदै ट्याक्टर हस्पिटलमा त्यस्तो नहोस भनि कामना गरे । 

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय का वरिष्ठ प्रहरी सहयेक निरीक्षक दुर्गा भट्टले ट्राफिक नियम बारे सचेतनासहित आफूले चलाउने कुनै पनि सवारीका साधन वा उपकरणहरुलाई समयमै मर्मत सम्भार गरेर सुरक्षित रहन आग्रह गरे । 

मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रा.लि र ओम स्वस्तिक ट्रेडिङ एण्ड सप्लायर्सको साझा संस्था मनमित ग्रुपलेन नेपालमै पहिलोपटक यस्तो सुविधा सम्पन्न ग्यारेज सञ्चालनमा ल्याएको हो ।

मनमित श्री ट्रेडिङ लुम्बिनी प्रदेशका लागि शक्तिमान ब्राण्डका रोटाभेटर तथा विभिन्न कृषि औजारहरुहरुको आधिकारिक विक्रेताका रुपमा रहेको छ भने ओम स्वस्तिकले मनमित र पीस लुम्बिनी अन्र्तगतका सामग्रीहरुका लागि कपिलवस्तुमा आधिकारिक विक्रेताको रुपमा रहेको छ । यसै गरि ग्रुपकै पिस लुम्बिनी इन्टरनेसनल कम्पनीले पाल्को लुब्रीकेन्टसको लागि नेपालकै अधिकारिक बिक्रेता रहेको छ ।


यो समाचारमा

पाल्पाकाठमाडौँकपिलवस्तुरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...