युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

13
Share
Featured
  • ट्रम्प प्रशासनले युक्रेन–रूस युद्धमा शान्ति कायम गर्न नयाँ प्रस्तावको मार्ग पहिचान गरेको दाबी गरेको छ, तर प्रस्ताव अघि बढ्न जेलिन्स्कीको अनुमोदन अनिवार्य छ।
  • प्रस्तावको सम्भावित खाका अनुसार युक्रेनले डोन्बासका केही भूभाग छोड्ने तथा सैन्य सीमितता स्वीकार्नुपर्ने हुन सक्छ, बदलामा अमेरिकाबाट सुरक्षा ग्यारेन्टी प्रस्तावित छ।
  • जेलिन्स्कीले चेतावनी दिदैँ अहिले युक्रेन अत्यन्त चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गरेका छन् र सम्मान तथा स्वतन्त्रता कायम राख्न संघर्ष जारी रहने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले शुक्रबार युक्रेनरूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् ।

“हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ । तर उनलाई (जेलिन्स्कीलाई) यसको अनुमोदन गर्नुपर्छ । उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले व्हाइट हाउसस्थित ओवल अफिसमा पत्रकारहरूसँग भने ।

यसअघि, अमेरिकी पक्षबाट तयार पारिँदै गरेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको छ । सिएनएनका अनुसार यो प्रस्ताव अझै विकासक्रममै छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यही दिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले किभमा भएको खुलेआम कार्यक्रममा देश इतिहासकै सबैभन्दा चुनौतीपूर्ण चरणमा रहेको चेतावनी दिए । अमेरिकी प्रस्तावका सम्भावित प्रभावहरूबारे सोच्नुपर्ने परिस्थिति आएको उनले उल्लेख गरे ।

“अहिले हाम्रो इतिहासका सबैभन्दा कठिन क्षणहरूमध्ये एक छ, अहिले युक्रेन एक धेरै कठिन निर्णयको मोडमा छ । सम्मान गुमाउने कि प्रमुख साझेदार गुमाउने जोखिम मोल्ने,” जेलिन्स्कीले भने । “म कम्तिमा दुई बुँदा युक्रेनीहरूको सम्मान र स्वतन्त्रता नबिर्सियोस् भनेर २४ घन्टा संघर्ष गर्नेछु,” उनले थपे ।

सिएनएनका अनुसार ट्रम्प प्रशासनभित्र छलफल भइरहेको नयाँ प्रस्ताव अनुसार, युक्रेनले पूर्वी डोन्बास क्षेत्रका केही भूभाग छोड्नुपर्ने तथा आफ्नो सैन्य क्षमतामा केही सीमा स्वीकार्नुपर्ने हुनसक्छ । यसको सट्टामा अमेरिकाले सुरक्षा सुनिश्चितताका ग्यारेन्टी गर्ने सम्भावना प्रस्तावमा समावेश गरिएको बताइएको छ ।

तर अमेरिकी अधिकारीहरूका अनुसार प्रस्ताव पूर्ण रूपमा तयार छैन र रूस तथा युक्रेन दुवैले केही सम्झौता गर्नुपर्नेछ । सन् २०१४ देखि चलेको संघर्ष २०२२ मा रूसले पूर्ण आक्रमण गरेपछि युद्धमा परिणत भएको हो ।

२८ बुँदामा समेटिएको प्रस्तावको प्रारम्भिक ड्राफ्ट ट्रम्पले हेरीसकेका छन् र उनले यसको समर्थन गरेको सिएनएनले दाबी गरेको छ । तर युक्रेनले हालसम्म पनि रूसको नियन्त्रणमा पूर्ण रूपमा नपरेका क्षेत्रहरूका विषयमा कुनै प्रकारका भू–सम्झौताला स्वीकार नगर्ने अडान राख्दै आएको छ ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पयुक्रेनभोलोदिमिर जेलेन्स्कीरूस
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...