सिमरा घटनामा प्रशासन र जेनजी प्रतिनिधिबीच ३ बुँदे सहमति

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

21
Share
Featured
  • बाराको सिमरामा दुई दिनदेखि जारी तनाव स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच ३ बुँदे सहमति भएपछि सामान्य बन्दै गएको छ र कर्फ्यू हटाइएको छ।
  • सहमतिअनुसार जेनजी अभियन्ताको सुरक्षाको ग्यारेन्टी, घाइतेको उपचारमा समन्वय, र घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही हुनेछ।
  • जेनजी पक्षको उजुरीका आधारमा ३ जना पक्राउ परेका छन्, जसमा एमालेका दुई वडाध्यक्ष र एक स्थानीय युवा नेता छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दुई दिनदेखि अशान्त बनेको बाराको सिमरामा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ । वार्तापछि स्थिति सामान्य बन्दै गएको छ भने प्रशासनले लगाएको कर्फ्यू पनि हटाएको छ ।

पथलैयास्थित सशस्त्र प्रहरी बलको तालिम शिक्षालयमा भएको वार्तामा जेनजी अभियन्ताको सुरक्षाको ग्यारेन्टी गर्ने, झडपमा घाइते भएकाहरूको उपचारमा समन्वय गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति जुटेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, जेनजी पक्षले दिएको उजुरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उप-महानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र एक स्थानीय युवा नेता रहेका छन् ।

बुधबार एमाले नेताहरूको कार्यक्रमको विरोधमा रहेका जेनजी युवामाथि कुटपिट भएपछि सिमरामा तनाव चर्किएको थियो । प्रदर्शनकारीले दुई दिनसम्म वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध पारेका थिए ।

यो समाचारमा

काठमाडौँसशस्त्र प्रहरी बलबाराजितपुरसिमरा उप-महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...