केपी ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्ने जेनजीको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

18
Share
Featured

काठमाडौँ


कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार खड्गप्रसाद शर्मा ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमेत माग गरेको छ ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । साहले वर्तमान सरकारले जेनजीको हत्या गर्ने भ्रष्टाचारीहरुलाई कारबाही नगर्ने हो भने तत्काल राजीनामा दिन पनि माग गरे ।

केपी ओलीसहितका नेपाल कम्युनिष्ट पार्टी (एमाले) नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न  खोजेको आरोप लगाउँदै साहले भने,‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेनजीहरुमाथिको दमनविरुद्ध संयुक्त रुपमा सम्पूर्ण जेनजी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने कमन जेनजी प्रतिबद्ध छौं ।’

पहिला देशका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री केपी ओली रहेको र उनीलगायतलाई कानुनी कठघरामा नउभ्याउँदा थप आक्रामक भएको बताए ।

जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए ।

पहिला देशका सचिवालय सदस्य सुनिल सिंहले हत्यारा र भ्रष्टहरुलाई कानुनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरुलाई अक्रोशित बनाएको बताए ।

जेनजी प्रदिप साहले आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे ।

जेनजी उज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए ।

जेनजी इसान दुलालले जेन्जी टुटफूटमा रमाउने भन्दा एकजुटभएरु अगाडि बढ्न जोड दिए ।

कमन जेन्जका मागहरू ः–

१) निकास र विकासमा असफल सुशीला कार्की सरकारको विघटन हुनुपर्छ ।

२) जेन्जीको नेतृत्वमा सर्वपक्षीय सरकार र अन्तरिम संविधान ।

३) ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने ।

४) जेनजी आन्दोलनकारीमाथिको दमन र धरपकड बन्द गरियोस ।

५) जेनजी आन्दोलनका शहीद, घाइते परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने ।

६) जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)बारासुशीला कार्की
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...